स्थानान्तरण

दिगो समाधानको मुख्य उदेश्य भनेको सरकारी पुर्नबास र ग्रामीण आवास निर्माण कार्यक्रम अन्र्तगत भुजोखिमबाट विस्थापित, सम्भावित विस्थापित र भुमिहिन घरधुरीलाई नयाँ सुरक्षित जग्गा प्राप्त गर्न र आवास पुन निर्माणमा सहयोग गर्ने ।

कंर्सोटिएमको सहयोग निम्न प्रकारका रहनेछन्ः

  • नेपाल पुनर्निर्माण प्राधिकरणलाई डिजाइनिङ, स्केलिङ साथै दिगो समाधान कार्यक्रमलाई कार्यान्वयन गर्न को लागि भू–प्रकोपका कारण विस्थापित, सम्भावित विस्थापित र भुमिहिन घरधुरीहरुलाई सुरक्षित ठाउँमा जग्गा किनि घर बनाउनको लागि सहजिकण गर्ने ।
  • भू–प्रकोपका कारण विस्थापित र सम्भावित विस्थापित जनसंख्यालाई सम्बन्धित नीतिहरू, समुदायहरूको भू-जोखिम वर्गीकरण र उपलब्ध दिगो समाधानहरूको बारेमा पर्याप्त जानकारी गराई सुनिश्चित गर्ने।
  • नेपाल सरकारले डिजाइन गरेका कार्यक्रमहरुमा पहुँच पुरयाउनका लागि ति घरघुरीहरुका महत्वपुर्ण कागजातहरु छ कि छैन भन्ने कुरा सुनिश्चित गर्ने ।
  • घरपरिवारलाई पुनर्वास कार्यक्रममा नामांकन गर्नका लागि सहयोग पुर्‍याइएको छ भन्ने कुरा सुनिश्चित गर्दछ र यसैले ग्रामीण आवास पुनर्निर्माण अनुदान कार्यक्रममार्फत लाभग्राहीलाई पहिलो, दोस्रो र तेस्रो किस्ताहरू प्राप्त गर्दछन्।
  • विस्थापित र पुर्नबास भएका घरधुरीको सुरक्षा, तयारी र प्राविधिक सहयोग प्रदान गरेर क्षमता स्थापित गर्ने ।


ne_NPNepali
en_USEnglish ne_NPNepali