“गाउँ असुरक्षित घोषित भएको लगत्तै, दिगो समाधान परियोजनाको टोली गाउँमा आइपुग्यो...”

जिल्ला उत्तरगया गाउँपालिका वडा नं ४ मा बस्छिन् अस्मिता थापा क्षेत्री । उनी ३० वर्षकी भईन् । उनको परिवारमा १ छोरा १ छोरी, उनी र उनको श्रीमान् गरी ४ जना रहेका छन् । उनको परिवारको स्वामित्वमा २ रोपनी खेत र १० आना बारी रहेको छ । खेतबारीबाट उत्पादन भएको अन्नले ६ महिना पनि खान पुग्न मुस्किल छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र २ छोरा छोरीलाई पढाउनको लागि उनको श्रीमानन तारा बहादुर थापाक्षेत्री ४ वर्ष विदेशमा बसे । कहिले मलेसिया, कहिले साउदी अरवमा बसेर काम गरी पठाएको रकमले घर खर्च चलाउथे, छोरा छोरीलाई पढाउथे । अस्मिता आफैं पनि अरुको जग्गा अधिँया कमाएर आलु खेती गर्थिन् वर्षेनी आलु खेती गरेर २५ देखि ३० हजार रुपियाँसम्म कमाउथिन् । यसरी उनको जीविका चलिरहेको थियो ।

विक्रम् सम्वत् २०७२ वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले घर भत्कियो । घरमा भएको सबै सामान पुरियो । त्यतिबेला उनको श्रीमान् पनि घरमै थिए । अस्मिताले भन्छिन् “भूकम्पपछि केही समय २ बच्चालाई साथमा लिएर पालमा बसेँ । एक वर्ष माईतीघरमा बसेँ । त्यसपछि पहिला घर भएको ठाउँमा अस्थाई आवास बनाएरबसेका थियौ । । दुखमा झनै दुख थपियो । २०७४ साल साउन २३ गते घर छेउबाटै पहिरो गयो । छिमेकीको घर पहिरोले बगायो । घर वरिपरी सबै ठाउँ भासियो, बस्न नहुने भयो । ”आँखाभरी आँशु पार्दै उनी थप्छिन् “आफ्नै आँखा अगाडी छिमेकीको घर पहिरोले लग्यो आफुलाई पनि पहिरोले लैजाले भन्ने डर लाग्यो अन्त जाउ कहाँ जाउँ, जाने बाटो पनि छैन रातभरी २ वटा बच्चाहरुलाई लिएर रुदै रात कटाए ।”

पहिरोले गर्दा उनी लगायत सबै गाउँ नै विस्थापित भए । उनी थप्छिन्, पहिरोपछि केही समय नुवाकोट जिल्लाको शान्तिबजारमा रहेको हाईड्रोपावरको भवनमा बस्यौ । सधैं त्यहि बसेर निर्वाह नहुने र बस्न पनि नमिल्ने भएपछि फेरि आफ्नै गाउँमा फर्कियौ । भूकम्प र पहिरो दुवै विपद्को समयमा विभिन्न संघ, संस्थाहरुले खाद्यान्न, लत्ताकपडा, ब्लांकेट, जस्तापाता लगायतमा सहयोग गरेका थिए ।

पछि पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भुगर्भविद्हरु गाउँमा आए । उनीहरुले भौगर्भिक अध्ययन गरेपछि उक्त स्थान बस्न सुरक्षित नभएकोले गाउँ नै अन्य सुरक्षित स्थानमा सार्नुपर्ने भन्ने कुरा आयो । पहिरोबाट अलि पर बिर्ता जग्गा थियो त्यहिँ जग्गामा अस्थाई टहरामा बसिरहेका थियो । "गाउँमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा घडेरी खरिद गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ लाख रुपियाँ अनुदान रकम दिने व्यवस्था रहेछ । हामीलाई जानकारी थिएन् । परियोजनाका कर्मचारीहरु गाउँमा आएर सो विषयमा जानकारी गराउनुभयो र प्रक्रियाहरु बारे बताउँनुभयो। जग्गा खरिद गर्न सरकारबाट २ लाख र आफैले ३ लाख थपेर जग्गा खरिद गरे । उक्त जग्गा श्रीमान् श्रीमती दुवैको संयुक्त नाममा पास गरिएको छ ।"

अस्मिता र उनको परिवार उनीहरूको नवनिर्मित घरमा ।

अन्तिममा उनी भन्छिन्,“अहिले यहि जग्गामा २ कोठाको घर बनाएको छु । अहिलेसम्म घर बनाउनको लागि ६ लाख लाग्यो । सरकारबाट घर बनाउन ३ लाख पाएँ । बाकी ३ लाख ऋण गरेर घर बनाए अझै पुरा हुन बाँकी छ । अब घर बनाएको ऋण छ । श्रीमान् लाई विदेशमा पठाउछु । आफु घरमा खेतीपाती गरेर ऋण तिर्छु र छोराछोरीलाई राम्रोसगँ पठाउछु भन्ने सोच बनाएकी छु,। घरतिर फर्किदै हसिलो हुदै उनी भन्छिन् “पहिरो र भूकम्पले हामीलाई धेरै दुःख दियो । कहाँ र कसरी बस्ने ? कहिले सुरक्षित घरमा बस्न पाउँने ठुलो भन्ने चिन्ता लागिरहेको थियो । अहिले सुरक्षित ठाउँमा जग्गा किनेर घर बनाएको छु । अब बस्नको लागि ढुक्क छ ।

प्रस्तुतीः सोममाया तामाङ, आत्मनिर्भर केन्द्र



टिप्पणीहरु बन्द गरिएका छन् ।

ne_NPNepali
en_USEnglish ne_NPNepali