भू–जोखिम स्कोरिङ अभिमुखिकरणबाट स्थानीय स्तरको निर्णयमा सहयोग

२०७२ सालको भूकम्पले हिमाल तथा पहाडहरूमा जताततै पारेका चिराहरुले वर्षाको बेला कुनैपनि बखत पहिरो जान सक्ने सम्भावना एवं खतरा बढाएका छन् । दिगो समाधान परियोजनाले नेपाल पुनर्निर्माण प्राधिकरणलाई भौर्गविक अध्ययनको लागि सहजिकरण गर्दछ । सामान्यतया, स्थानीय व्यक्तिहरूले आफ्नो बस्तीको आसपासका क्षेत्रमा भू–सर्वेक्षण गर्न स्थानीय प्राधिकरण वा तोकिएको कार्यालयलाई अनुरोध गर्दछ । सोही अनुरोधको आधारमा केन्द्रले भौर्गविक विशेषज्ञहरु परिचालन गरी सो स्थलको भौर्गविक जाँच गरी सो ठाउँलाई तीन वर्ग (१,२ र ३ )मा वर्गिकृत गर्दछ ।

२०७५ साल श्रावण महिनासम्म प्राधिकरणका भौर्गविक विशेषज्ञहरू तथा अन्य सरकारी निकायका भू–विशेषज्ञहरूद्वारा १८ जिल्लाहरू अध्ययन गरिसकेका छन् । उक्त १८ जिल्लाका अध्ययनबाट ४९८ क्षेत्रहरू उच्च जोखिममा पर्दछ र त्यस मध्य पनि २४७ स्थानहरू लामो समयसम्म मानव बसोबासका लागि उपयुक्त छैनन् भन्ने प्रमाणित भएको छ । दिगो समाधान परियोजनाले केन्द्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेका जोखिम क्षेत्रका सुचनालाई स्थानीय निकायलाई जानकारी गराई सचेत गराइन्छ । प्रकोप न्युनिकरणका लागि सहयोग होस् भन्ने हिसावले जिल्ला विपत व्यवस्थापन समिती (डिडिएमसि) लाई पनि यसकोे बारेमा जानकारी दिइन्छ ।

यसका साथै यस परियोजनाले नगर एवं गाउँपालिकाका पदाधिकारीहरुलाई जोखिम स्कोरिङहरुको बारेमा जानकारी दिनुको साथै डीडीएमसीलाई वार्षिक रुपमा तयार पारिने विपत सम्बन्धिको पूूूूर्वतयारी कार्य योजनामा पनि सहयोग गरिन्छ । २०७५ साल भाद्र सम्म दिगो समाधान टोलीले चितवन, गोरखा, मकवानपुर, रामेछाप, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी ७ जिल्लाका १८ वटा गाउँपालिकाहरुमा भू–जोखिम स्कोरिङ प्रस्तुत गरिसकेका छन् । उक्त अभिमुखिकरणलाई स्थानीय निकायसमेतले पनि सरहना गरिएको छ् ।



टिप्पणीहरु बन्द गरिएका छन् ।

ne_NPNepali
en_USEnglish ne_NPNepali