भू–जोखिम प्राविधिक इकाई

दिगो समाधान परियोजनाको भू–जोखिम प्राविधिक इकाईले भू–जोखिम र स्थानान्तरित स्थानहरुको भौगोलिक मूल्यांकनको निरीक्षण गर्दछ र सचिवालयभित्र समग्र भू–जोखिम सम्बन्धि प्राविधिक सहयोग प्रदान गर्दछ । यसको साथसाथै, यस इकाईले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कार्यक्रमका योग्य लाभग्राहीहरुले खरिदको लागि छनोट गरेका जमिन सुरक्षित छ कि छैन भन्ने प्रमाणित गर्ने कार्यमा पनि सहयोग गर्दछ ।

यस इकाईले वर्ग २ अन्तर्गतको भू–जोखिमको जोखिम न्यूनिकरणको कार्यको लागि राष्ट्रिय डिजाइन मानकको प्रचार गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग गर्दछ ।

सापेक्ष जोखिम मापन प्रणाली

यस प्रक्रियाको उद्देश्य जोखिमयुक्त वातावरणहरुमा अवस्थित समुदायहरुको पहिचान गरी संचार रणनिति, हस्तक्षेपको प्राथमिकिरण र वर्षाको तयारी जस्ता विषयहरुमा उनीहरुलाई योजना बनाउनका लागि सहयोग गर्नु हो । लिइएको जोखिमको मूल्यांकन विशेष गरी पहिरोको जोखिमसँग सम्बन्धित रहेको छ । (उदाहरणका लागि बाढि र भूकम्प प्रबद्र्धनको विपरीत )

जोखिम मापन केबल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भू–जोखिम मूल्यांकनद्धारा वर्ग २ (ति भू–जोखिमहरु जसमा परिवारलाई स्थानान्तरण नगरेर पनि जोखिम व्यवस्थापन गर्न सकिन्छ ) र वर्ग ३ (परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर मात्र जोखिम व्यवस्थापन गर्न सकिन्छ) मा वर्गीकरण गरिएका समुदायहरुमा मात्र गरिएको छ ।

मापनको १ देखि ५ सम्मका अंकहरु चारै वटा घटकहरुको लागि विकास गरिएको थियोः

  • उच्च जोखिम (अथवा जोखिमको परिमाण)
  • जोखिम हुनसक्ने सम्भावना
  • प्रत्यक्ष जोखिम (अथवा खतरामा रहेका तत्वहरुको संकेत)
  • सम्भावित प्रभाव (अथवा जोखिम)

त्यसपछि जोखिम अंक प्राप्त गर्नको लागि प्रत्येक घटकहरु गुणा गरिन्छ जस्मा जति उच्च प्राप्तांक हुन्छ, संम्भावित जोखिम पनि उच्च हुन्छ ।

जोखिम अंक उच्च जोखिम जोखिम हुनसक्ने सम्भावना प्रत्यक्ष जोखिम सम्भावित प्रभाव
1 सानो असफलता वा क्ष्ययिकर न्यून समभावना (घटना हरेक १००० देखि १०००० वर्षभित्र हुने अनुमानित छ) कृषि भुमि थोरै वा कुनै पनि असर नगर्ने
2 मध्यम असफलता – झरेका सानो ब्लक हरु वा सानो असफलहरू ( सबै योजना परिणाम ≤ १०० मिटर, गहिराई ≤ ३ मिटर सम्भावित (घटना हरेक १०० देखि १००० वर्षभित्र हुने अनुमानित छ) पूर्वाधार (सडक, फुटपात, पानीको आपूर्ति) मामूली क्षति (सजिलै पुर्नस्थापना हुने)
3 ठूलो असफलता – ठूला–ठूला ब्लकहरू वा ठूला उछालहरू ( > १०० मिटर, ≤ ३ मीटर) सम्भवत (घटना हरेक १० देखि १०० वर्षभित्र हुने अनुमानित छ) आवासिया १ देखि ५ घरधुरी ठूलौ क्षति (पुर्नस्थापना गर्न गाह्रो)
4 ठूलो गहिरो असफलता > ३ मीटर धेरै सम्भावना घटना (हरेक २ देखि १० बर्षभित्र हुने अनुमानित छ) आवासिया ६ देखि १० घरधुरी धेरै ठूलो क्षति (पुर्नस्थापना गर्न नसकिने)
5 मुख्य असफलता (जुरे पहिरोको जोखिम) लगभग निश्चित घटना बर्षमा कम से कम एक पटक हुने अनुमानित छ आवासिया १० भन्दा बढी घरधुरी घातक

 



ne_NPNepali
en_USEnglish ne_NPNepali