हाम्रो बारे

नेपालको इतिहासमा २०७२ सालको भूकम्पले ठुलो मानविय संकट ल्याई धेरै आन्तरिक विस्थापितहरु उत्पन्न गरायो ।

भूकम्पले अनगिन्ती पहिरोहरु निम्तायो जस्ले हजारौंको ज्यान लिनुका साथसाथै पहाडी भेगको जमिन सतहलाई पनि कमजोर बनाइदियो । नतिजा, अधिकांश प्रभावित क्षेत्रहरूमा रहदै आएका स्थानीय जनसंख्याको लागि विशेष गरी बर्षा याममा ठूलो भू–प्रकोपको खतरा बढेको छ ।

अस्थिर भूमि र पहिरोबाट हुन सक्ने खतरालाई नेपाल सरकारले गम्भीर खतराको रूपमा स्वीकृत गरेको छ र राष्ट्रव्यापी पुर्नस्थापना कार्यक्रमको निर्माणको लागि नेतृत्व गरेको छ ।

यस पहलले विकासका आवश्यकतालाई मान्यता दिएको छ, जसले वैज्ञानिक भौगोलिक आंकलनलाई दीर्घकालिन मानव आवासको लागि अनुपयुक्त भू–भागहरुलाई पहिचान गर्न जोड दिनुका साथै, सुरक्षित परिवारका लागि एक अनुदान आधारित नितिलाई वित्तीय प्रोत्साहन प्रदान गरेको छ ।

दिगो समाधान, युकेएडको आर्थिक सहयोगमा संञ्चालित कार्यक्रम हो । जसले नेपाल पुनर्निर्माण प्राधिकरणलाई यस पुर्नवास कार्यक्रम कार्यान्वयन गर्न सहजिकरण गर्दछ । यो पिपुल इन नीड र सामुदायिक आत्मानिर्भर केन्द्रद्वारा संयुक्त रूपमा कार्यान्वयन गरिएको छ । दिगो समाधानको दीर्घकालिन उद्देश्य भनेको राष्ट्रिय नजिर र ढाँचा तयार पार्नु हो जसले प्रकोप र पहिरोको कारण स्थानान्तरण हुने घरधुरीहरुलाई निष्पक्ष र स्वैच्छिक स्थानतरणमा सहयोग पुराउने छ ।



ne_NPNepali
en_USEnglish ne_NPNepali