अज्ञात कल

यदि एक अज्ञात समुह तपाईंलाई खोज्दै आउँछ, र घडेरी किन्न र घर निर्माण गर्नको निम्ति अनुदान पाउनु भएको छ भनेर जानकारी दिन्छ भने तपाईं के गर्नहुन्छ ?

यो चितवन जिल्लाको इच्याकामना भन्ने गाउँपालिकाको एक वास्तविक घटना हो । जब वडा अध्यक्ष पञ्च बहादुर प्रजाले जानकारी दिए कि इच्याकामना गाउँपालिकाका वर्ग ३ का भू–प्रकोपको वर्गिकरणमा परेका ११ घरहरु मध्ये एक परिवारले अहिले सम्म कुनै पनि सरकारी लाभ प्राप्त गर्नसकेका थिएनन् तब दिगो समाधान टोलीले त्यस परिवारको खोजि गर्न थाले । उनी १७ वर्षिए रविन चेपाङ भनिने एक किशोर रहेछ ।

रविनको बुवा मादकपदार्थ सेवन गरे पछि निकै नै ह्रिंसात्मक व्यवहार गर्थे । उनले पिताबाट कहिलै माया र हेरविचार पाएनन्, त्यसैले आफ्नो हजुरबुवाको मृत्यु लगतै रविन घरबाट भागे । यस्तै वातावरण र दुव्र्यवहारको कारण उनको आमाले पनि परिवार छोडेर अन्तै घर बसाए । पाँच वर्षअघि रबिन उनको घरबाट भागे र गोरखा जिल्लामा एक पोल्ट्री फार्ममा काम गर्न थाले । उनी गाँउका कमै मानिसहरुसँग सम्पर्कमा थिए र कहिलेकाहिँ मात्र आफ्नो गाँउ जाने गर्थे, त्यसैले उनको पत्ता लगाउन गाह्रो थियो ।

दिगो समाधान टोली ति किशोरलाई खोज्दै गोरखाको विभिन्न फार्ममा पुगे तर दुर्भाग्य, टोलीेले उसलाई भेटाउन असफल रहे । केही दिन पछि रबिनको एक नातेदारले उनको नम्बर टोलीलाई दियो । टोलीले कति सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । धेरै कोशिश पश्चात् पनि सम्पर्क नभएपछि टोली काठमाडौं फर्किने तयारी गर्दै थिए अचानक फोनको घन्टी बज्यो । फोन त्यही किशोर रविन चेपाङको थियो जसलाई टोलीले सम्पर्क गर्न प्रयास गरिरहेका थिए ।

रविन सम्पर्कमा आएपछि दिगो समाधानका कर्मचारीले उनलाई स्थानान्तरण र आवास निर्माण अनुदान कार्यक्रमबारे अभिमुखिकरण गरे । रबिनलाई आफुले पाउने सुबिधाको बारेमा कुनै पनि जानकारी अनविज्ञ थिए । रबिनको घर भूकम्पले भत्काएको र जग्गापनि पहिरोको कारण जोखिममा परेको थियो । पुनर्निर्माण प्राधिकरणले रविन चेपाङ लाभग्रही नभएर उनका बुवा कान्छा चेपाङ लाभग्रही हुन भन्ने जानकारी दिए । गाउँपलिका कर्मचारी, वडा अध्यक्ष र दिगो समाधान टोली मिलेर रबिनलाई लाभग्राही सुचिमा पार्न पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्यौ किनकि त्यस घरको वास्तविक घरमुली अब रविन मात्र जिवित थियो ।

जग्गा प्राप्तिको लागि आवश्यक कागजात जस्तैस् उनको जन्म प्रमाणपत्र, नागरिकता र बुवाको मृत्यु प्रमाणपत्र बनाउन वडा अध्यक्षसँग सम्बद्ध गराए । दिगो समाधान टोलीले रबिनलाई खोजेर उनले पाउने सुबिधाहरु दिलाएकोमा उनी अत्यन्तै खुसी थिए भने वडा अध्यक्षले पनि हराएको केटा खोज्न सफल भएकोमा टोलीको निकै प्रशंसा गरेका थिए । रबिन अहिले सुरक्षित स्थानमा आफ्नो घर बनाउन अनुदान प्राप्ति प्रक्रियामा छ ।

लेखक : उपहार चाम्लिङ/पिपुल इन निड



टिप्पणीहरु बन्द गरिएका छन् ।

ne_NPNepali
en_USEnglish ne_NPNepali